Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

काँग्रेसको १६ औँ जित

बाजुराबाट जनकराज गिरी विजयी

बाजुराबाट जनकराज गिरी विजयी

  • काठमाडौँ । बाजुराबाट नेपाली काँग्रेसका जनकराज गिरी विजयी भएका छन् । गिरीले १७ हजार १७३ मत प्राप्त गरेर विजयी भएका छन् । उनका निकटतम प्रतिष्पर्धी एमालेका लालबहादुर थापाले १६ हजार ६३३ मत प्राप्त गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    यो काँग्रेसको यस निर्वाचनमा १६औं जित हो । काँग्रेसले यसअघि रौतहट- २ बाट मोहमद फिरदोश आलमले २९ हजार ५२८ मत प्राप्त गर्दै जित हासिल गरेका छन् भने पाँचथरबाट नरेन्द्र कुमार केरुङले १७ हजार २३३ मत प्राप्त गरेर जित हासिल गरेका छन् ।

    AGNI GROUP

     त्यस्तै पाल्पा- १ मा सन्दीप राना १८ हजार ३३६ मत प्राप्त गरेर विजयी भएका छन् भने कपिलवस्तु-३ बाट अभिषेक प्रताप शाहले २३ हजार ५३५ मत प्राप्त गरेर विजयी भएका छन् । त्यसैगरी जाजरकोटमा खड्कबहादुर बुढाले २० हजार १४२ मत ल्याएर विजयी भएका थिए भने डोटीमा भारतबहादुर खड्काले १४ हजार ८९७ मत प्राप्त गर्दै विजयी भएका थिए  । त्यस्तै अछाम- १ मा भरतकुमार स्वारले १० हजार ७५१ मत प्राप्त गरेर विजयी भएका छन् भने दैलेख- १ मा बासना थापाले १२ हजार  ३७२ मत ल्याएर विजयी भएकी छन्  । त्यस्तै सुर्खेत- १ मा विष्णुबहादुर खड्काले २६ हजार ८९७ मत प्राप्त गरेर विजयी भएका छन् ।  

    त्यस्तै मनाङ मा टेकबहादुर गुरुङले २ हजार ४१५ मत ल्याएर जित हात पारेकी छन् भने मुस्ताङमा योगेश गौचन थकालीले ३ हजार ३०७ मत प्राप्त गर्दै जित हासिल गरेका छन्। त्यसैगरी रसुवामा मोहन आचार्यले १० हजार ६५६ मत ल्याएर विजयी भएका छन् । त्यस्तै तेह्थुममा सन्तोष सुब्वाले ११ हजार ५६१ मत प्राप्त गर्दै जित हासिल गरेका छन् । 

    त्यस्तै सोलुखुम्बुबाट प्रकाश सिंह कार्कीले १३ हजार १६६ मत प्राप्त गरेर विजयी भएका छन् भने हुम्लाबाट जय्पति रोकाय ८ हजार ७९७ मत प्राप्त गरेर जितेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट