Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सुनसरी- १ मा हर्क साम्पाङको अग्रता कायमै

सुनसरी- १ मा हर्क साम्पाङको अग्रता कायमै

  • काठमाडौँ । सुनसरी- १ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अग्रता बढाएका छन् ।

    onlinepatrika
    Arghakhachi

    प्राप्त पछिल्लो मत गणना अपडेट अनुसार साम्पाङले ३३ हजार ५६५ मतसहित अग्रता बनाएका छन् । त्यस्तै रास्वपाकी गोमा तामाङले २० हजार २३७ मत प्राप्त गरेकी छन् । साम्पाङले हालसम्म १३ हजार ३२८ मतले अग्रता बनाएका छन् ।  

    AGNI GROUP

    त्यस्तौ नेकपाका सुर्य बहादुर भट्टराईले ५ हजार ५८९ मत पाएका छन् भने  नेकपा एमालेका टिकाराम लिम्बुले ४ हजार ८४९ मत प्राप्त गरेका छन् ।  

    सुनसरी १ मा अहिलेसम्म गणना भएको मत मध्ये ७० हजार ३४४ मत सदर भएको छ भने ३ हजार ५०७ मत बदर भएको छ ।

    यस क्षेत्रका धरान उपमहानगरपालिका र बराह क्षेत्र नगरपालिकाका १, २ र ३ को मत गणना सकिएको छ भने अब बराहक्षेत्रको वडा नम्बर ४ र ५ तथा रामधुनी नगरपालिकाका वडा नम्बर ६ र ७ को गणना हुन बाँकी रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट