Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

दोलखाको गोल्मेश्वर केन्द्रमा अझै सुरु भएन मतदान

दोलखाको गोल्मेश्वर केन्द्रमा अझै सुरु भएन मतदान

  • काठमाडौँ । दोलखाको तामाकोसी गाउँपालिका–४ स्थित गोल्मेश्वर मावि मतदान स्थलमा रोकिएको मतदान अझै सुरु भएको छैन । सर्वदलीय बैठक बसेर मतदान पुनः सुचारु गर्ने सहमति भएपनि दलका कार्यकर्ताहरू आपसमा विवाद गरेर बसेका हुन् ।

    onlinepatrika
    Arghakhachi

    मतदान स्थलमा खटिएका कर्मचारीलाई एउटा समूहले हातपात गर्न खोजेपछि प्रहरीले १ राउन्ड हवाई फायर गरेको थियो । मतदान स्थलमा खटिएका दलका प्रतिनिधिहरूलाई प्रहरीले अहिले एकै ठाउँमा राखेको छ । 

    AGNI GROUP

    मतदान गराउन निर्वाचन कार्यालयबाट खटिएका कर्मचारी तयार रहेपनि अझै मतदान सुरु नभएको निर्वाचन गराउन दोलखामा खटिएका एसएसपी सोमेन्द्र सिंह राठौरले रातोपाटीलाई बताए । 

    उनले भने, ‘मतदान गर्ने वातावरण भएपनि राजनीतिक दलका कार्यकर्ताहरू आपसमा विवाद गरेर बसेको हुनाले मतदान सुरु हुन सकेको छैन ।’ 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट