Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

बिहान ११ बजेसम्म कति खस्यो मत ?

देशभर १९ लाख २३ हजार ८२४

देशभर १९ लाख २३ हजार ८२४

  • काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत आज मतदान केन्द्रमा मतदान भइरहेको निर्वाचन आयोगले जानकारी दिएको छ । केही ठाउँमा बाहेकका केन्द्रमा निर्वाध मतदान भइरहेको छ ।

    onlinepatrika
    Arghakhachi

    आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार बिहान ११ बजेसम्म देशभर १९ लाख २३ हजार ८२४ मत (करिब १०.१८ प्रतिशत) मत खसेको छ । आयोगका अनुसार अपराह्न पाँच बजेसम्म मतदान गर्न पाइने छ ।

    AGNI GROUP

    निर्वाचन कार्यालयका अनुसार बिहानैदेखि मतदाता मतदान केन्द्रमा उपस्थित भई शान्तिपूर्ण रूपमा मतदान गरिरहेका छन् । केही स्थानमा सामान्य भीड देखिए पनि मतदान प्रक्रिया सहज रूपमा अघि बढिरहेको जनाइएको छ ।

    सुरक्षा व्यवस्था कडा पारिएको र कुनै अप्रिय घटना नघटेको बताइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट