Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । देशभर प्रतिनिधिसभाका लागि उत्साहपूर्ण मतदान भइरहेको छ । निर्वाचन आयोगका अनुसार केही छिटपुट घटना बाहेक शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । आयोगले बिहान १० बजेसम्म देशभर करिब १० प्रतिशत मत खसेको जनाएको छ ।
देशभर १९ लाख २३ हजार ८२४ मत खसेको आयोगले जानकारी दिएको छ । मतदान बिहान ७ बजे सुरु भएको थियो । देशभर करिब १ करोड ९० लाख मतदाता छन् । आयोगले योपटक करिब ७० प्रतिशत मत खस्ने अनुमान गरेको छ ।
सर्लाही, दोलखा र सोलखुम्बुका केही मतदान केन्द्रमा सामान्य विवाद भए पनि ती स्थानहरूमा पनि अहिले मतदान जारी छ । योपटक सबैभन्दा वृद्ध १०७ वर्षीय पुरुषले तनहुँमा मतदान गरेका छन् । राससका अनुसार तनहुँको शुक्लागण्डकी नगरपालिका–३ बन्केवा निवासी एक सय सात वर्षीय गणेशबहादुर रावतले मतदान गरेका हुन् ।
तनहुँ क्षेत्र नम्बर २ अन्तर्गत निर्मल आधारभूत प्राथमिक विद्यालय, बन्केवा मतदान केन्द्रबाट रावतले मतदान गरे । मतदानपछि उनले आफ्नो मताधिकार प्रयोग गर्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij