Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

ओखलढुंगामा स्थानीयले मतदान बहिष्कार

ओखलढुंगामा स्थानीयले मतदान बहिष्कार

अस्पताल नबनेको भन्दै ओखलढुंगाको मानेभञ्ज्याङ ७ का मतदाताले गरे मतदान बहिस्कार

  • काठमाडौं । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–७ का स्थानीयले मतदान बहिष्कार गरेका छन् । मानेभञ्ज्याङ ७ मा रहेको सहिद स्मृती आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा अहिलेसम्म पनि मत हाल्न कोही पनि नआएको ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी मेख बहादुर मंग्रान्तीले बताए ।

    onlinepatrika
    Arghakhachi

    उनका अनुसार, अहिलेसम्म एक जनाले पनि मतदान गरेका छैनन् । सो केन्द्रमा ७०१ जना मतदाता रहेका छन् । प्रमुख जिल्ला अधिकारी मंगरातीले भने,‘ ‘अहिलेसम्म कोही पनि मतदाता आउनुभएको छैन ।’

    AGNI GROUP

    मानेभञ्ज्याङको वडा नम्बर ७ मा ८ वर्ष अगाडिदेखि प्रादेशिक अस्पताल बनाउने तयारी थियो । डीपीआर बनेर सबै प्रक्रिया अगाडि बढ्दा पनि अस्पताल नबनेको बिरोधमा स्थानीयले निर्वाचन बहिस्कार गरेका हुन् ।

    वडा नम्बर ७ का वडाअध्यक्ष विष्णु प्रसाद गौतमले अस्पताल नबनेको भन्दै स्थानीयले मतदान नै बहिस्कार गरेको बताए । उनले भने, ‘अस्पताल बनाउनका लागि १६६ रोपनी जग्गा पनि प्राप्ती भएको छ ।’ जग्गा प्राप्ती हुँदा पनि अस्पताल नबनेका कारण स्थानीय मत हाल्न आएका छैनन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट