Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । माघ ११ गते सम्पन्न राष्ट्रियसभा निर्वाचनबाट निर्वाचित सदस्यहरूको शपथ ग्रहण फागुन २५ गते हुने भएको छ ।
संघीय संसद् सचिवालयका अनुसार शपथ कार्यक्रम दिउँसो २ बजे सिंहदरबारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको हलमा आयोजना गरिनेछ । सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले निर्वाचित सदस्यहरूलाई निर्वाचन आयोगबाट प्राप्त प्रमाणपत्र र नागरिकताको प्रतिलिपि अनिवार्य रूपमा साथमा ल्याउन आग्रह गरिएको जानकारी दिए ।
शपथ ग्रहण समारोहमा औपचारिक वा सांस्कृतिक पहिचान झल्कने पोशाकमा उपस्थित हुन पनि सूचित गरिएको छ । निर्वाचनबाट महन्थ ठाकुर, रामकुमारी झाँक्री, सुनिलबहादुर थापा, ललितजंग शाही, रोशनी मेचे, धमेन्द्र पासवान, रन्जित कर्ण, रेखा झा, सोम पोर्तेल, गीता देवकोटा, डा. प्रेम दंगाल, जगत तिमिल्सिना, सम्झना देवकोटा, वासुदेव जंगली, चन्द्रबहादुर केसी, मिना रखाल, खम्मबहादुर खाती र लीला भण्डारी निर्वाचित भएका छन् ।
शपथसँगै उनीहरूले औपचारिक रूपमा राष्ट्रियसभा सदस्यको जिम्मेवारी सम्हाल्नेछन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij