Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

  • काठमाडौं । खाडी मुलुकको बढ्दो तनावको विषयलाई लिएर सरकारले मन्त्रिपरिषद्को आकस्मिक बैठक डाकेको छ ।

    onlinepatrika
    Arghakhachi

    प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार अहिले ५ बजे बालुवाटारस्थित प्रधानमन्त्री निवासमा मन्त्रिपरिषद्को बैठक बस्नेछ । उक्त बैठकमा खाडी मुलुक (मध्यपूर्व) मा देखिएको बढ्दो तनावका विषयमा छलफल हुने बुझिएको छ ।

    AGNI GROUP

    केही बेरअघि मात्रै परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन गर्दै खाडी मुलुकहरूमा १७ लाख बढी नागरिक विभिन्न काममा रहेको र अहिलेसम्म सुरक्षित रहेको बताएको छ ।

    तर युरोप–अमेरिका लगायत गन्तव्य मुलुक हिँडेका कति नेपाली खाडीका एयरपोर्टमा ट्रान्जिटमा अल्झिएका छन् भन्ने बारे एकिन डेटा नभएको बताएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट