Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक ४१ औं वर्षमा प्रवेश

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक ४१ औं वर्षमा प्रवेश

  • काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड ४१ औं वर्षमा प्रवेश गरेको छ । चार दशक लामो यात्रामा बैंकले ग्राहकवर्गहरु, शेयरधनीहरु, नियामक निकाय, साझेदार संस्थाहरु तथा सम्पूर्ण कर्मचारीवर्गहरुको निरन्तर विश्वास र सहयोगका आधारमा वित्तीय क्षेत्रमा सशक्त उपस्थिति कायम गर्दै आएको छ ।

    onlinepatrika
    Arghakhachi

    यस ऐतिहासिक अवसरमा बैंक परिवारले सम्पूर्ण हितकारीप्रति हार्दिक आभार व्यक्त गरेको छ । यस ४०औँ वार्षिकोत्सव अवसरमा, बैंकका अध्यक्ष पृथ्बी बहादुर पाँडेले बैंकको सफल यात्रामा साथ दिने सबैप्रति कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा अझ पारदर्शी, जिम्मेवार र नवप्रवर्तनमुखी बैंकिङ सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे ।

    AGNI GROUP

    यसैगरी, बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्योति प्रकाश पाण्डेले डिजिटल रुपान्तरणलाई तीव्रता दिँदै ग्राहक अनुभवहरुलाई अझ सरल, सुरक्षित र प्रभावकारी बनाउने दिशामा बैंक अग्रसर रहने बताए । । ‘समृद्धिको पथमा सँगै अघि बढ्दै’ भन्ने नारा लिएको यस बैंकले ग्राहकवर्गहरूको सुविधालाई प्राथमिकता दिँदै नवीनतम बैंकिङ सेवाहरु प्रस्तुत गरिरहने पनि जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट