Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । रिज लाईन इनर्जी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ ।
सेयर निष्कासन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटलले एक कार्यक्रम गरी दोस्रो चरण अन्तर्गत सर्वसाधारण लगानीकर्ताका लागि निष्कासन गरेको आईपीओ आज बाँडफाँट गरेको हो ।
कम्पनीले गत माघ २८ गतेदेखि फागुन ४ गतेसम्म सर्वसाधारण लगानीकर्ताहरूका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल ११ लाख ८० हजार २६० कित्ता साधारण सेयर निष्कासन गरेको थियो ।
सो निष्कासनमा २५ लाख ३७ हजार ३०१ जनाले दुई कारोड ७१ लाख ३२ हजार २३० कित्ता सेयर खरिदका लागि आवेदन दिएका थिए ।
यसअघि कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आइपीओ बाँडफाँट गरिसकेको छ ।
कम्पनीले जारी पुँजी १ अर्ब १८ करोड ५० लाख रूपैयाँको २२ प्रतिशत अर्थात २६ लाख ७ हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij