Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

करिब ९ हजार सहकारी प्राधिकरणको दर्ता प्रक्रियामा

करिब ९ हजार सहकारी प्राधिकरणको दर्ता प्रक्रियामा

  • काठमाडौं । करिब ९ हजार बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरू राष्ट्रिय सहकारी नियमन प्राधिकरणको दर्ता प्रक्रियामा सहभागी भएका छन् । फागुन ११ गते बेलुकासम्म ८ हजार ९०८ सहकारी दर्ता प्रक्रियामा आएका हुन् ।

    onlinepatrika
    Arghakhachi

    प्राधिकरणको तथ्यांक अनुसार हालसम्म ६६८ सहकारीले सञ्चालन इजाजत प्राप्त गरेका छन् । भेरिफाइड भएका तर इजाजतपत्र पाउन बाँकी सहकारीको सङ्ख्या ४४९ रहेको छ । यससँगै तीन हजार ९४३ सहकारी तथ्यांक प्रविष्टिको प्रक्रियामा छन् भने तथ्यांक प्रविष्टि सम्पन्न गरेर भेरिफाइड हुन बाँकी सहकारीको सङ्ख्या तीन हजार ८४८ रहेको प्राधिकरणले जनाएको छ ।

    AGNI GROUP

    प्राधिकरणले सहकारी संस्थाहरूको दर्ता अभिलेखीकरण गर्ने समयावधि चैत्र १७ गतेसम्मका लागि थप गरेको छ । सहकारी संस्थाहरूको दर्ता अभिलेखीकरणका लागि यो अन्तिम म्याद थप रहेको प्राधिकरणका अध्यक्ष डा. खगराज शर्माले जानकारी दिए ।

    आगामी चैत्र १७ गतेसम्म ५ हजार रुपैयाँ शुल्क बुझाई प्राधिकरणमा दर्ता अभिलेखीकरण गर्न सकिने उनले बताए । प्राधिकरणले गत मंसिर १० गते बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरूको दर्ता अभिलेखीकरण सुरु गरेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट