Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिड ओसासुनासँग पराजित भएको छ । गएराती सम्पन्न खेलमा ओसासुनाले रियल म्याड्रिडलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
ओसासुनाको जितमा आन्टे बुडीमिर र राउल गार्सियाले एक एक गोल गरेका छन् भने रियल म्याड्रिडका लागि एक गोल भिनिसियस जुनियरले गरेका थिए ।
यो हारपछि रियल म्याड्रिडको २५ खेलमा ६० अंक रहेको छ भने दोस्रो स्थानमा रहेको बार्सिलोनाको २४ खेलमा ५८ अंक रहेको छ ।
त्यस्तै ओसासुनाको २५ खेलमा ३३ अंक रहेको छ र लिगमा नवौं स्थानमा रहेको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij