Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

अस्ट्रेलिया जारी विश्वकपको आफ्नो अन्तिम खेल विजयी

अस्ट्रेलिया जारी विश्वकपको आफ्नो अन्तिम खेल विजयी

  • काठमाडौँ । अस्ट्रेलियाले जारी टी- २० विश्वकपमा सान्त्वना जित हासिल गर्दै प्रतियोगिताको अन्त्य गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    शुक्रबार सम्पन्न समूह चरणको अन्तिम खेलमा अस्ट्रेलियाले ओमानलाई ९ विकेटले पराजित गरेर जितका साथ प्रतियोगिताबाट बाहिरिएको छ । क्यान्डीको पल्लेकेले स्टेडियममा पहिले ब्याटिङ गर्दै ओमान १०४ रनमा अलआउट भयो । मिचेल मार्श र ट्राभिस हेडले ९३ रनको साझेदारी गर्दै टोलीलाई जित दिलाए ।

    AGNI GROUP

    अस्ट्रेलियाका लागि लेग-स्पिनर एडम जाम्पाले ४ विकेट लिए । ग्लेन म्याक्सवेल र जेभियर बार्टलेटले २-२ विकेट लिए । कप्तान मार्शले अर्धशतक बनाए भने ट्राभिस हेड ३२ रनमा आउट भए। ओमानका लागि वसिम अलीले सर्वाधिक ३२ रन बनाए ।

    श्रीलंका र जिम्बाब्वेसँग पराजित भएपछि अस्ट्रेलिया समूह बी बाट बाहिरिएको थियो । टोलीले आयरल्याण्ड र ओमानलाई पराजित गरेको छ, तर यो अर्को चरणमा पुग्न पर्याप्त भने भएन । टोली २००९ पछि पहिलो पटक समूह चरण पार गर्न पनि असफल भयो र अब घर फर्किने भएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट