Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

जेन जी आन्दोलनका १२ मृतकको पहिचान अझै खुल्न सकेन

जेन जी आन्दोलनका १२ मृतकको पहिचान अझै खुल्न सकेन

पहिचान खुल्न नसकेका शवमध्ये पाँचवटा शवको कानुनी प्रक्रिया पूरा गरी अन्त्येष्टि गरिसकिएको छ । बाँकी सातवटा शव काठमाडौंस्थित टिचिङ अस्पताल काठमाडौंमा राखिएको हुन सक्ने अनुमान गरिएको छ ।

  • काठमाडौं । गत २३ र २४ भदौमा देशभर भएको जेन–जी आन्दोलनका क्रममा मृत्यु भएकामध्ये १२ जनाको पहिचान अझै खुल्न नसकेको नेपाल प्रहरीले जनाएको छ । आन्दोलनका क्रममा कुल ७६ जनाको मृत्यु भएको आधिकारिक तथ्यांकमा उल्लेख छ ।

    onlinepatrika
    Arghakhachi

    नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) अविनारायण काफ्लेका अनुसार आन्दोलनको दोस्रो दिन जलेको अवस्थामा फेला परेका १२ वटा शवको हालसम्म पनि पहिचान हुन सकेको छैन । उनका अनुसार नेपालभित्र डीएनए परीक्षणसम्बन्धी आवश्यक प्राविधिक क्षमता सीमित भएका कारण पहिचान प्रक्रियामा कठिनाइ भएको हो ।

    AGNI GROUP

    प्रहरीका अनुसार पहिचान खुल्न नसकेका शवमध्ये पाँचवटा शवको कानुनी प्रक्रिया पूरा गरी अन्त्येष्टि गरिसकिएको छ । बाँकी सातवटा शव काठमाडौंस्थित टिचिङ अस्पताल काठमाडौंमा राखिएको हुन सक्ने अनुमान गरिएको छ ।

    सुशासन स्थापना र भ्रष्टाचार अन्त्यको मागसहित देशभर आयोजना गरिएको दुईदिने प्रदर्शनका क्रममा ठूलो मानवीय तथा भौतिक क्षति भएको थियो । उपलब्ध विवरणअनुसार २३ भदौमा २१ जना र २४ भदौमा ३८ जनाको मृत्यु भएको थियो । अन्य मृत्युका घटनाहरू विभिन्न परिस्थितिमा भएको बताइएको छ ।

    प्रहरी स्रोतका अनुसार आन्दोलनका क्रममा गोली लागेर मृत्यु हुनेको संख्या करिब २० देखि २१ जनाको हाराहारीमा हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । यद्यपि, यस विषयमा विस्तृत तथ्य सार्वजनिक गर्न हाल सम्भव नभएको र आधिकारिक निष्कर्ष जाँचबुझ आयोगको प्रतिवेदन पछि मात्र आउने प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट