Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

टी–२० विश्वकपः अपराजित चार टिम सुपर एटको एउटै समूहमा

टी–२० विश्वकपः अपराजित चार टिम सुपर एटको एउटै समूहमा

  • काठमाडौं । टी–२० विश्वकप २०२६ को रोमाञ्च चरममा पुगेको छ। समूह चरण लगभग समाप्त भइसकेको छ र अब प्रतियोगिता सुपर–८ चरणमा प्रवेश गरेको छ।

    onlinepatrika
    Arghakhachi

    आठ टोलीले अर्को चरणका लागि स्थान पक्का गरेका छन्, जसलाई दुई समूहमा विभाजन गरिएको छ।

    AGNI GROUP

    सुपर–८ को समूह–१ मा भारत, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र जिम्बाब्वे रहेका छन्। यी चारै टोली समूह चरणमा एक खेल पनि नहारी आ–आफ्नो समूहको शीर्ष स्थानमा रहँदै सुपर–८ मा प्रवेश गरेका हुन्।

    त्यसैगरी समूह–२ मा इङ्ल्याण्ड, न्युजिल्याण्ड, पाकिस्तान र श्रीलङ्का छन्। यी टोलीहरूले भने समूह चरणमा कम्तीमा एक खेलमा हार व्यहोरेका थिए र उपविजेताका रूपमा सुपर–८ मा स्थान बनाएका हुन्।

    समूह–१ः सबै शीर्ष स्थानमा र अपराजित

    अन्तर्राष्ट्रिय क्रिकेट परिषद्को पूर्वनिर्धारित वर्गीकरण व्यवस्थाअनुसार सुपर–८ का टोलीहरू विभाजन गरिएका हुन्। समूह–१ का चारै टोलीले उत्कृष्ट प्रदर्शन गर्दै अपराजित रहँदै शीर्ष स्थान सुरक्षित गरेका थिए।

    समूह चरणको प्रदर्शन–

    भारत (समूह ए) – ४ खेल, ४ जित, ८ अंक

    जिम्बाब्वे (समूह बी)– ४ खेल, ३ जित, १ नतिजा नआएको, ७ अंक

    वेस्ट इन्डिज (समूह सी) – ४ खेल, ४ जित, ८ अंक

    दक्षिण अफ्रिका (समूह डी) – ४ खेल, ४ जित, ८ अंक

    यी चारै टोली अपराजित रहँदै सुपर–८ मा पुगेकाले समूह–१ लाई ‘शीर्ष स्थान हासिल गरेका टोलीहरूको समूह’ भनेर समेत चर्चा गरिएको छ।

    समूह–२ः प्रत्येक टोलीले कम्तीमा एक हार भोग्यो

    समूह–२ का सबै टोलीले समूह चरणमा एक–एक खेल गुमाएका थिए। यद्यपि, तीन–तीन जितसहित उनीहरूले उपविजेताका रूपमा अर्को चरणमा स्थान सुरक्षित गरेका हुन्।

    समूह चरणको प्रदर्शनः

    पाकिस्तान (समूह ए) – ४ खेल, ३ जित, १ हार, ६ अंक

    श्रीलङ्का (समूह बी) – ४ खेल, ३ जित, १ हार, ६ अंक

    इङ्ल्याण्ड (समूह सी) – ४ खेल, ३ जित, १ हार, ६ अंक

    न्युजिल्याण्ड (समूह डी) – ४ खेल, ३ जित, १ हार, ६ अंक

    पूर्वनिर्धारित वर्गीकरणका कारण सुपर–८ को समूह–१ मा सबै अपराजित टोली एकै ठाउँमा परेका छन्, जसले यो समूहलाई निकै प्रतिस्पर्धात्मक बनाएको छ। समूह–२ मा पनि अनुभव र क्षमताका आधारमा चारै टोली बलिया मानिन्छन्।

    अब हेर्न बाँकी छ—के समूह–१ का अपराजित टोलीहरूले आफ्नो लय कायम राख्न सक्लान्, वा समूह–२ का टोलीहरूले नयाँ समीकरण बनाउँदै अघिल्लो चरणमा स्थान सुरक्षित गर्लान् ?

    सुपर आठका खेल तालिकाः
    पाकिस्तान vs न्यूजिल्यान्ड, आईतबार ७ः१५ बजे

    श्रीलंका vs इंग्ल्यान्ड, आइतबार ३ः१५ बजे

    भारत vs दक्षिण अफ्रिका, आइतबार ७ः१५ बजे

    जिम्बाब्वे vs वेस्ट इन्डिज, सोमबार ७ः१५ बजे

    इंग्ल्यान्ड vs पाकिस्तान, मंगलबार ७ः१५ बजे

    श्रीलंका vs न्यूजिल्यान्ड, फेब्रुअरी २५ (बुधबार) ७ः१५ बजे

    वेस्ट इन्डिज vs दक्षिण अफ्रिका, फेब्रुअरी २६ (बिहीबार) ३ः१५ बजे

    भारत vs जिम्बाब्वे, फेब्रुअरी २६ (बिहीबार) ७ः१५ बजे

    इंग्ल्यान्ड vs न्यूजिल्यान्ड, फेब्रुअरी २७ (शुक्रबार) ७ः१५ बजे

    श्रीलंका vs पाकिस्तान, फेब्रुअरी २८ (शनिबार) ७ः१५ बजे

    जिम्बाबे vs दक्षिण अफ्रिका, मार्च १ (आइतबार) ३ः१५ बजे

    भारत vs वेस्ट इन्डिज, मार्च १ (आइतबार) ७ः१५ बजे

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट