Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

भदौ २४ को घटना अप्रत्याशित रुपमा भएको होइन: ओली

भदौ २४ को घटना अप्रत्याशित रुपमा भएको होइन: ओली

  • काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २४ को महाविनाश अप्रत्याशित घटना नभएको बताएका छन् ।

    onlinepatrika
    Arghakhachi

    एमालेको चुनावी घोषणा पत्र सार्बजनिक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले भदौ २४ को घटना अप्रत्याशित नभएको दाबि गर्दै यो लोकतन्त्रविरुद्धको लामो समयदेखिको योजनाबद्ध आक्रमण भएको दाबी गरेका हुन् । 

    AGNI GROUP

    उनले विचारहीन र दिशाहीन स्टन्टबाट एमाले टाढा रहेको बताउदै आफुहरुको गन्तव्य विकास र समृद्धि भएको बताएका छन् । 

    उनले सिंहदरबार, सर्वोच्च अदालतलगायतका जलाइएका संरचना पुनर्निर्माण गर्ने र निजी क्षेत्रको टुटेको विश्वासलाई जोड्ने जिम्मेवारी एमालेको काधमा आएको बताए ।

    पुस्तान्तरणको भ्रम फैलाइएको भन्दै ओलीले देश पुस्ताको द्वन्दले नबन्ने स्पष्ट गरे । ओलीले युवा भनेको आगो र अनुभव उज्यालो भएको भन्दै आगो र उज्यालो एकसाथ आएर देश बनाउनु पर्ने बताए ।

    उनले यो निर्वाचन देश भत्काउने र बनाउने बीचको लडाई भएको भन्दै एमाले देश बनाउने पार्टी भएको बताए ।

    एमालेले जिम्मेवारी पाएको समयमा काम गरेर देखाएको भन्दै सबै मतदातालाई संबिधानको रक्षा गर्न र लोकतन्त्रलाई बचाउन मतदान गर्न आव्हान समेत गरेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट