Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । आज ७६औँ राष्ट्रिय प्रजातन्त्र दिवस विविध कार्यक्रमसाथ देशभर मनाइएको छ । यसैक्रममा नेपाल सरकारको आयोजनामा टुँडिखेलको सैनिक मञ्चमा विशेष समारोह सम्पन्न भयो ।
सो अवसरमा राष्ट्रिय गान प्रस्तुति, झण्डोत्तलन, सहिदप्रति मौनधारण गरिएको थियो । नेपाली सेनाको हेलिकप्टरबाट राष्ट्रिय प्रजातन्त्र दिवस, २०८२ अंकित ब्यानर प्रदर्शन गरी पुष्पवृष्टि एवं रङ्गीचङ्गी बेलुनहरू उडाइएको थियो । समारोहमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नेपाल स्काउटद्वारा ‘मार्चपास’ र ‘ब्याण्ड’ प्रस्तुत गरिएको थियो ।
उपत्यकाका विभिन्न नगरपालिकाका तर्फबाट सांस्कृति झाँकी तथा लाखे नाच, तेक्वान्दो खेल प्रस्तुत गरिएको थियो ।
राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्री, संवैधानिक निकायका प्रमुख र पदाधिकारी, कूटनीतिक नियोगका प्रतिनिधिलगायतको सहभागिता थियो । ।
२००७ सालको क्रान्तिपछि १०४ वर्ष लामो निरंकूश राणाशासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइँदै आइएको छ ।





© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij