Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । सहारा क्लब पोखरा आहा रारा गोल्ड कपको फाइनलमा पुगेको छ ।
बुधबार सम्पन्न सेमिफाइनल खेलमा मनाङ मर्स्याङ्दी क्लबलाई सडेन डेथमा ७-६ ले पराजित गर्दै सहारा क्लब पोखरा फाइनलमा पुगेको हो ।
निर्धारित ९० मिनेटमा गोलरहित बराबरी र त्यसपछि ३० मिनेटको अतिरिक्त समयमा पनि दुवै टिमबाट कुनै गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो ।
अब दोस्रो सेमिफाइनल खेल जावलाखेल युथ क्लब र उज्बेकिस्तानको एभीए एफसीवीच बिहिबार हुने छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij