Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

निर्वाचन प्रक्रिया स्थगित गर्न एन्फालाई निर्वाचन आयोगको निर्देशन

निर्वाचन प्रक्रिया स्थगित गर्न एन्फालाई निर्वाचन आयोगको निर्देशन

  • काठमाडौं । निर्वाचन आयोगले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निर्वाचन प्रक्रिया स्थगित गर्न निर्देशन दिएको छ । आयोगले पत्रमार्फत एन्फाको आसन्न निर्वाचनसम्बन्धी गतिविधि तत्काल रोक्न निर्देशन दिएको हो ।

    onlinepatrika
    Arghakhachi

    पत्रमा एन्फाले निर्वाचनसम्बन्धी कार्यक्रम अघि बढाएको विषयमा आयोगको ध्यानाकर्षण भएको जनाएको छ ।

    AGNI GROUP

    आयोगका अनुसार यसअघि भएको पत्राचार तथा निर्देशनको सन्दर्भमा सम्बन्धित निकायबाट निर्वाचन गतिविधि स्थगित गरिएको जानकारी प्राप्त भए पनि पुनः कार्यक्रम अघि बढाइएको पाइएको उल्लेख छ ।

    आयोगले प्रचलित निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न तथा अर्को सूचना प्रकाशित नभएसम्म सम्पूर्ण निर्वाचन कार्यक्रम स्थगित गर्न स्पष्ट निर्देशन दिएको छ । आयोगले आचारसंहिता उल्लंघन भएमा कानुनी कारबाही हुन सक्ने चेतावनीसमेत दिएको छ ।

    सोमबार एन्फाले निर्वाचनका लागि संशोधित कार्यतालिका सार्वजनिक गरेको थियो । जसअनुसार एन्फाको नयाँ नेतृत्वका लागि २७ फागुनमा मतदान हुने कार्यतालिका थियो ।

    तर, आयोगको निर्देशनसँगै एन्फाको निर्वाचन प्रक्रिया तत्कालका लागि रोकिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट