Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । हुम्लामा निर्वाचन प्रहरीले विरोध प्रदर्शन गरेका छन् । मंगलबार जिल्ला प्रशासन कार्यालय अगाडि भेला भएर निर्वाचन प्रहरीले सेवा सुविधा कम भयो भन्दै प्रदर्शन गरेका हुन् ।
जिल्ला प्रशासन कार्यालय हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्रकुमार चन्दका अनुसार निर्वाचन प्रहरीले तोकेको कार्यविधि भन्दा सेवा सुविधा कम भयो भन्दै विरोध प्रदर्शन गरेको हुन् ।
सेवा सुविधाबारे गलत बुझाइका कारण समस्या देखिएको सूचना अधिकारी चन्दले बताएका छन् । गलत बुझाइले गर्दा तोडफोड र टायर बालेर विरोध प्रदर्शन गरेका थिए ।
छलफलमार्फत समस्या समाधान गर्ने प्रयास भइरहेको सूचना अधिकारी चन्दले जानकारी दिएका छन् ।
त्यसैगरी, मतदानको दिनको अघिपछि गरी ४ दिनका लागि प्रतिदिन ३०० रुपैयाँका दरले जम्मा १ हजार २ सय रुपैयाँ खाजा खर्च पनि उपलब्ध गराइन्छ ।
हिमाली जिल्लामा खटिने निर्वाचन प्रहरीले अतिरिक्त सुविधा पाउने व्यवस्था अनुसार, हुम्लामा प्रतिप्रहरी करिब ११ हजार ५७० रुपैयाँ बराबरको थप खर्च हुने प्रशासनले जनाएको छ ।
पहाडी क्षेत्रमा ७ हजार ९४५ रुपैयाँ र तराई क्षेत्रमा ६ हजार १७० रुपैयाँ खर्च हुने गर्छ । तर पहिले भनिएको भन्दा कम रकम पाउने हल्ला फैलिएपछि निर्वाचन प्रहरीहरू असन्तुष्ट बनेर आन्दोलनमा उत्रिएका हुन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij