Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

टी-२० विश्वकप

आज तीन खेल

आज तीन खेल

  • काठमाडौँ । जारी आईसीसी टी-२० विश्वकपमा आज तीन खेल हुदैछ । आज पहिलो खेल समुह डी अन्तर्गत क्यानडा र न्यूजील्याण्डबीच हुदैछ ।

    onlinepatrika
    Arghakhachi

    भारतको चेन्नईमा हुने यो खेल नेपाली समय अनुसार बिहान ११: १५ बजेदेखि शुरु हुदैछ । जारी विश्वकपमा न्यूजील्याण्डले यस अघिका ३ खेलमा २ जित हासिल गरेको छ भने एक हार बेहोरेको छ । त्यस्तै क्यानडाले यसअघि खेलेका दुवै खेलमा हार बेहोरेको छ ।

    AGNI GROUP

    त्यस्तै आज दोस्रो खेल समुह बी अन्तर्गतको आयरल्याण्ड र जिम्बाबेबीच हुदैछ । श्रीलंकाको पेल्लेकेलेमा हुने यो खेल नेपाली समय अनुसार दिउसो ३: १५ बजेदेखि शुरु हुदैछ । जारी विश्वकपमा जिम्बाबेले यस अघिका दुवै खेल जितेर ४ अंक हासिल गरेको छ भने आयरल्याण्डले ३ खेलमा एक जित र २ हार बेहोरेको छ ।

    त्यसैगरी आजको तेस्रो खेल समुह सी का नेपाल र स्कटल्याण्डबीच हुदैछ । भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार साँझ ७: १५ बजेदेखि शुरु हुनेछ । जारी विश्वकपमा नेपालले आफ्ना तिनै खेलमा हार बेहोरेको छ भने स्कटल्याण्डले ३ मध्ये एक जित र २ हार बेहोरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट