Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । जुम्लामा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि ६४८ जना कर्मचारी खटिएका छन् ।
मुख्य निर्वाचन अधिकृत आनन्दराज पन्तका अनुसार जिल्लाका कुल ११० मतदान केन्द्रमध्ये १०८ केन्द्रमा कर्मचारीहरू पुगिसकेका छन् भने बाँकी दुई अस्थायी केन्द्रका लागि कर्मचारी खटिन बाँकी छ ।
निर्वाचनलाई पारदर्शी बनाउन स्थानीय कर्मचारीलाई उनीहरूको आफ्नै मतदान केन्द्रभन्दा बाहिर खटाइएको छ र कार्यालय सहयोगी बाहेक सबै स्थायी कर्मचारीहरूलाई मात्र जिम्मेवारी दिइएको छ ।
जिल्ला जनशक्ति व्यवस्थापन समितिले छनोट गरेका १ हजार ४९९ कर्मचारीमध्येबाट अन्तिम छनोटमा परेकाहरुलाई मतदान केन्द्रमा खटाइएको हो ।
जसमा ११८ जना महिला कर्मचारीहरू छन् भने ७ जना मतदान अधिकृत र २६ जना सहायक मतदान अधिकृतको जिम्मेवारीमा छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij