Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको सात महिनामा एक खर्ब ३५ अर्ब ४८ करोड राजस्व सङ्कलन गरेको छ ।
कार्यालयले चालु आवको सात महिनासम्म एक खर्ब ५३ अर्ब ८४ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखे पनि सो अवधिसम्म भने लक्ष्यको ८८.०७ प्रतिशत राजस्व सङ्कलन गरेको छ ।
वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार चालु आवको सात महिनामा कार्यालयको भन्सार सङ्कलनमा उत्साहजनक भएको छ । कार्यालयले साउनमा १८ अर्ब ४४ करोड, भदौमा २० अर्ब ७३ करोड, असोज महिनामा १९ अर्ब नौ करोड राजस्व सङ्कलन भएको थियो ।
त्यस्तै, कात्तिकमा १७ अर्ब ३३ करोड र मङ्सिरमा भने २० अर्ब ८० करोड राजस्व सङ्कलन भएको छ । त्यस्तै पुसमा पनि २० अर्ब २० करोड राजस्व सङ्कलन गरेको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij