Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

ज्येष्ठ नागरिक लक्षित सेवा प्रभावकारी रूपमा विस्तार गरिने

ज्येष्ठ नागरिक लक्षित सेवा प्रभावकारी रूपमा विस्तार गरिने

  • काठमाडौं । काठमाडौं महानगरपालिकाकी नगर प्रमुख सुनिता डंगोलले ज्येष्ठ नागरिक लक्षित सेवा प्रभावकारी रूपमा विस्तार गर्नुपर्नेमा जोड दिएकी छन् ।

    onlinepatrika
    Arghakhachi

    शुक्रबार सम्पन्न ४७ औँ नगर कार्यपालिका बैठकमा बोल्दै उनले वृद्धभत्ता वितरणसँगै ज्येष्ठ नागरिकलाई घर–घरमै आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने कार्यलाई थप व्यवस्थित ढंगले अगाडि बढाउन सकिने बताइन् ।

    AGNI GROUP

    उनले भनिन्, वृद्धभत्ताको कुरा गर्दा हामीले अहिले ७० वर्ष र सोभन्दा माथिका आमाबुबालाई घर–घरमै आधारभूत स्वास्थ्य सेवा सुरु गरेका छौँ । यही क्रममा यो कामलाई अझ व्यवस्थित र प्रभावकारी बनाउँदै अगाडि बढाउन सकिन्छ ।’

    उनका अनुसार महानगरका विभिन्न वडाहरूले घरमै पुगेर सेवा दिने अभ्यास सुरु गरिसकेका छन्र् । जो वडासम्म आउन सक्नुहुन्न, उहाँहरूका लागि घर–घरमै सेवा दिने काम थुप्रै वडाले गरिरहेका छन् । उदाहरणका लागि, १७ वटा वडाले यो सेवा अघि बढाइसकेका छन्,’ उनले उल्लेख गरिन् ।

    डंगोलले बाँकी वडालाई पनि आफ्नो टिम र सरोकारवालासँग छलफल गरेर यस्तो सेवा विस्तार गर्न आग्रह गरिन् । ज्येष्ठ नागरिकलाई सहज, सम्मानजनक र पहुँचयुक्त सेवा उपलब्ध गराउने लक्ष्यसहित महानगरले कार्यक्रम सञ्चालन गरिरहेको उनको भनाइ थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट