Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

एडिबीको दक्षिण एसियाली महानिर्देशकमा श्रेष्ठ

एडिबीको दक्षिण एसियाली महानिर्देशकमा श्रेष्ठ

  • काठमाडौं । एसियाली डेभलपमेन्ट बैंक (एडिबी)को दक्षिण एसिया हेर्ने महानिर्देशकमा नेपालकी सोना श्रेष्ठ नियुक्त भएकी छिन् । श्रेष्ठले नेपाललगायत दक्षिण एसियाका बंगलादेश, भुटान, भारत, माल्दिभ्स र श्रीलंकामा एडिबीको रणनीति तथा कार्य सञ्चालन विकास र कार्यान्वयनको नेतृत्व गर्नेछिन् ।

    onlinepatrika
    Arghakhachi

    उनले दक्षिण एसियाली क्षेत्रको समावेशी तथा दिगो विकासमा अझ नजिक रहेर काम गर्ने बताएकी छिन् । ‘दक्षिण एसियाको महानिर्देशकमा नियुक्ति पाउँदा गौरवान्वित भएकी छु, विकासशील सदस्य राष्ट्रहरूसँग नजिक रहेर काम गर्नेछु,’ उनले भनिन्, ‘समावेशी तथा दिगो विकासका लागि सहायता गर्दै एडिबीको सम्बन्ध अझ गहिरो बनाउनेछु ।’ 

    AGNI GROUP

    श्रेष्ठसँग २३ वर्ष एडिबीमा काम गरेकोसहित २७ वर्षको कार्यअनुभव रहेको छ । यसअघि उनी एडिबीको दक्षिण एसियाली उपमहानिर्देशकको भूमिकामा थिइन् । उनले एडिबीको स्वतन्त्र मूल्यांकन विभागको उपमहानिर्देशक जिम्मेवारीसमेत निर्वाह गरेकी थिइन् ।

    अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि गरेकी श्रेष्ठले एडिबीमा रहेर एसियाका विभिन्न क्षेत्रमा काम गरेकी छिन् । एडिबी बहुपक्षीय विकास साझेदार हो । जसले एसियाको समावेशी, सहनशील र दिगो विकास तथा वृद्धिको सहायता गरिरहेको छ । सन् १९६६ मा स्थापना भएको एडिबीमा ६९ सदस्य राष्ट्र रहेका छन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट