Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सूर्यज्योति लाइफलाई ‘इमर्जिङ इन्स्योरेन्स अवार्ड’

सूर्यज्योति लाइफलाई ‘इमर्जिङ इन्स्योरेन्स अवार्ड’

  • काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले ‘इमर्जिङ इन्स्योरेन्स अवार्ड’ प्राप्त गरेको छ । इन्डियन च्याम्बर अफ बैंककमा आयोजित छैटौँ इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड–२०२५ मा कम्पनीलाई सो अवार्ड प्रदान गरिएको हो । कम्पनीले ‘बेस्ट इनोभेसन्स लेड बार्ड टेक्नोलोजी एन्ड इन्स्योरटेक्स–नेपाल’ विधामा अवार्ड पाएको हो ।

    onlinepatrika
    Arghakhachi

    कार्यक्रममा नेपालसहित भारत, बंगलादेश, भुटान, श्रीलंका, म्यानमार, थाइल्यान्डलगायत अन्य देशका इन्स्योरेन्स कम्पनीका पदाधिकारीको उपस्थिति थियो । चार्टर्ड एकाउन्टेन्सी तथा कन्सल्टेन्सी संस्था पिलडब्लुसी, इन्डियन इन्स्टिच्युट अफ इन्स्योरेन्स, अन्तर्राष्ट्रिय बिमाविज्ञलगायतका संस्थाबाट मूल्यांकन गरी वित्तीय सूचकांकमा उत्कृष्ट कार्यसम्पादनका आधारमा अवार्ड प्रदान गरिएको कम्पनीले जनाएको छ ।

    AGNI GROUP

    अवार्ड कम्पनीका अध्यक्ष केशवप्रसाद भट्टराईले ग्रहण गरेका थिए, जहाँ कम्पनीका सञ्चालक चूडामणि देवकोटा, नायब प्रमुख कार्यकरी अधिकृत फर्शुराम मरासिनी र चिफ सपोर्ट सर्भिसेज उमेशप्रसाद मैनालीको पनि उपस्थिति रहेको थियो । हरेक सूचकांकमा उत्कृष्टता हासिल गर्दै नवप्रवर्तन र डिजिटलीकरणमा अलग्गै पहिचान बनाउँदै आइएको कम्पनीको दाबी छ । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट