Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

भारतीय ओपनर अभिषेक शर्मा अस्पताल भर्ना

भारतीय ओपनर अभिषेक शर्मा अस्पताल भर्ना

  • काठमाडौं । टी–२० विश्वकप चलिरहेका बेला भारतीय क्रिकेट टिमका ब्याट्सम्यान अभिषेक शर्मा विरामी भएका छन् ।

    onlinepatrika
    Arghakhachi

    उनको पेटमा संक्रमणका कारण अस्पतालमा भर्ना भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । पछिल्ला दुई दिनदेखि दिल्लीको एक निजी अस्पतालमा उपचाररत अभिषेकका कारण बिहीबार नामिबियाविरुद्ध हुने खेलमा उनको सहभागिता कठिन देखिएको छ ।

    AGNI GROUP

    अभिषेकको स्वास्थ्य अवस्था बुझ्न आवश्यक परीक्षणहरू भइरहेको छ र कहिले डिस्चार्ज हुने भन्ने अझै स्पष्ट नभएको बताइएको छ । यसैबीच, यदि उनी फिट नभए संजू सैमसन र ईशान किशनले ओपनिङ गर्ने विकल्प भारतसँग रहेको छ ।

    यसैबीच, भारतका लागि सकारात्मक खबर भने जसप्रीत बुमराह र वासिङ्टन सुन्दर फिट हुनु हो । बुमराहले अभ्यास सत्रमा पूर्ण गतिको बलिङ गरेका छन् भने वासिङ्टन सुन्दर पनि चोटबाट उबरिएर टोलीमा फर्किएका छन् ।

    जारी विश्वकपको समुह ए मा रहेको भारतले पहिलो खेलमा अमेरिकालाई पराजित गरेर विजयी शुरुवात गरेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट