Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सुनचाँदी व्यवसायीले गरे हेल्प डेस्क स्थापना

सुनचाँदी व्यवसायीले गरे हेल्प डेस्क स्थापना

  • काठमाडौं । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले १३ औँ स्थापना दिवसको अवसरमा व्यवसायिक सहायता कक्ष (हेल्प डेस्क) स्थापना गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    महासंघका महासचिव निरबहादुर विश्वकर्मा (विमल) का अनुसार व्यवसायीहरूलाई व्यवसाय सञ्चालनका क्रममा पालना गर्नुपर्ने प्रचलित ऐन, कानून तथा नियमबारे जानकारी, सचेतना र प्रशिक्षण प्रदान गर्दै व्यवसायिक प्रवर्द्धन तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले हेल्प डेस्क स्थापना गरिएको हो ।

    AGNI GROUP

    हेल्प डेस्कको उद्घाटन उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी ईश्वर कार्कीले गरे । कार्यक्रममा प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्का पनि उपस्थित थिए ।

    हेल्प डेस्कमार्फत व्यवसायीहरूले कानूनी तथा लेखा परामर्श, नियामक व्यवस्थासम्बन्धी जानकारी तथा व्यवसायिक समस्या समाधानका लागि आवश्यक सहयोग प्राप्त गर्न सक्ने विश्वास महासंघले लिएको छ ।

    महासंघका अध्यक्ष किसान सुनारले यस पहलले सुन, चाँदी तथा आभूषण व्यवसायलाई थप व्यवस्थित, पारदर्शी र सम्मानित बनाउँदै व्यवसायीहरू र सरोकारवाला निकायबीच समन्वय र विश्वास अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको महासचिव विश्वकर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट