Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

फागुन २१ को निर्वाचनका लागि सामग्री ढुवानी तीव्र

फागुन २१ को निर्वाचनका लागि सामग्री ढुवानी तीव्र

  • काठमाडौं । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले मतपेटिकासहितका निर्वाचन सामग्री ढुवानी कार्यलाई तीव्र बनाएको छ । आयोगका अनुसार अघिल्लो हप्तादेखि नै आवश्यक सामग्री केन्द्रबाट विभिन्न जिल्लामा पठाउने काम सुरु गरिएको हो ।

    onlinepatrika
    Arghakhachi

    निर्वाचनलाई व्यवस्थित, पारदर्शी र समयमै सम्पन्न गर्न आयोगले केन्द्रबाट नौ प्रकारका निर्वाचन सामग्री पठाउने व्यवस्था गरेको छ । ती सामग्रीहरू सम्बन्धित जिल्लामा पुगेपछि थप ३७ प्रकारका निर्वाचन सामग्री भने जिल्ला स्तरमै व्यवस्थापन गरिने आयोगले जनाएको छ ।

    AGNI GROUP

    आयोगका अनुसार सामग्री ढुवानी, भण्डारण तथा वितरणको कार्य तोकिएको कार्यतालिका अनुसार भइरहेको छ । 

    निर्वाचनको तयारी अन्तर्गत मतदान केन्द्रसम्म सामग्री समयमै पुर्‍याउने लक्ष्यका साथ ढुवानी प्रक्रिया अगाडि बढाइएको आयोगले जानकारी दिएको छ ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट