Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

आईएमई लाइफलाई अन्तराष्ट्रिय अवार्ड द्धारा सम्मान

आईएमई लाइफलाई अन्तराष्ट्रिय अवार्ड द्धारा सम्मान

  • काठमाडौं । इन्डियन चेम्बर अफ कमर्स द्धारा रामब्रन्त, बैकंकमा आयोजित छैठौँ संस्करणको “इमर्जिङ एसिया अवार्डमा” आईएमई लाइफ इन्स्योरेन्सले तिन विधामा अवार्ड हातपार्न सफल भएको छ ।

    onlinepatrika
    Arghakhachi

    कम्पनीले उत्कृष्ट ग्राहमुखि सेवा (उत्कृष्ट ग्राहक उन्मुख कम्पनी), बीमा कभरेजमा उत्कृष्ट रणनीति मा संयुक्त अवार्ड (बीमा कभरेजको लागि उत्तम रणनीतिहरू) र बीमा नेतृत्वमा महिला (बीमा नेतृत्वमा महिलाहरू) गरि तीन विधाको अवार्डमा जित्न सफल भएको हो ।

    AGNI GROUP

    यस प्रतिष्ठित अवार्डमा स्वतन्त्र तथा विशिष्ट अन्तराष्ट्रिय निर्णायकमण्डलले निर्णय गरेको थियो । यस कार्यक्रमले आईएमई लाइफ इन्स्योरेन्सको ग्राहक–केंद्रित सेवाहरू, नवप्रवर्तनकारी रणनीतिहरू र सहभागितामुलक नेतृत्वको कदर गरेको छ ।

    देशभित्र बीमा सचेतना फैलाउने, आधुनिक प्रविधिमैत्री सेवा प्रदान गर्ने तथा महिलाहरूलाई बीमा नेतृत्वमा सशक्त बनाउने कम्पनीको उद्देश्यलाई यस अवार्डले थप प्रोत्साहन गरेको छ ।

    कार्यक्रममा नेपालबाट प्रतिनिधित्व गरी आईएमई लाइफका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्का प्यानल डिस्कसनमा रुपमा सहभागी हुनुभएको थियो उनले डिजिटल प्रविधि र एआईको उपयोगे र बीमा उद्योगका चुनौती र सकारात्मक पक्षहरूमाथि प्रकाश पार्नुभयो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट