Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

इटालीमाथि स्कटल्याण्डको ७३ रनको फराकिलो जित

इटालीमाथि स्कटल्याण्डको ७३ रनको फराकिलो जित

  • काठमाडौं । स्कटल्याण्डले इटालीलाई पराजित गरेको छ । जारी टी–२० विश्वकपको समुह सी अन्तर्गतको खेलमा स्कटल्याण्डले इटालीलाई ७३ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    स्कटल्याण्डले दिएको २०८ रनको लक्ष्य पछाएको इटाली १६.४ ओभरमा अल आउट हुदै १३४ रन बनाएको थियो ।

    AGNI GROUP

    इटालीका लागि बेन मानेनटीले ५२ रन बनाएका थिए भने ह्यारी मानेनटीले ३७ रन बनाएका थिए । त्यसैगरी स्कटल्याण्डका बलर माइकल लिस्कले ४ विकेट लिए भने मार्ट वाटले २ विकेट लिएका थिए ।

    यसअघि टस हारेर पहिला ब्याटिंग गरेको स्कटल्याण्डले २० ओभरमा ४ विकेट गुमाएर २०७ रन बनाएको थियो । स्कटल्याण्डका लागि जर्ज मुन्सीले सर्बाधिक ८४ रन बनाएका थिए भने ब्रान्डन म्याकमुलेनले ४१, माइकल जोन्सले ३७ रन बनाएका थिए ।

    त्यसैगरी इटालीका बलर अलि हसन, ग्रान्ट स्टेवार्ट, थोमस ड्राका र जेजे स्मटसले एक एक विकेट लिएका थिए । यस खेलमा इटालीका कप्ताब वाने माडसन घाइते भएका छन् । खेलको चौथो ओभरमा फिल्डिङको क्रममा उनको काँधमा चोट लागेपछि उनी मैदान बाहिर गएका थिए । उनको एक्सरे गर्न अस्पताल लगिएको बताइएको छ । उनी ब्याटिंगका लागि आउन सकेका थिएनन् ।

    यो स्कटल्याण्डको दोस्रो खेलमा पहिलो जित हो भने इटालीले आफ्नो विश्वकपकै पहिलो खेलमा हारबाट शुरुवात गरेको छ । अब इटालीले आगामी विहिबार नेपालसँग खेल्ने छ बने स्कटल्याण्डले आफ्नो तेस्रो खेल आगामी शनिबार इङल्याण्डसँग खेल्ने छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट