Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । रियल मड्रिडले स्पेनिस ला लिगामा बार्सिलोनासँगको अंक दूरी घटाएर १ मा पुर्याएको छ । आइतबार रियलले भ्यालेन्सियाविरुद्ध २–० को जित निकाल्यो ।
मेस्टाला रंगशालामा पाहुना टोली रियललाई जित दिलाउन अल्भारो कारेरास र किलियन एमबाप्पेले १–१ गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६५ औँ मिनेटमा कारेरासको गोलमार्फत रियलले अग्रता लिएको थियो । इन्जुरी समयमा एमबाप्पेले रियलका लागि दोस्रो गोल गरे ।
जितसँगै रियलले २३ खेलमा ५७ अंक जोडेको छ । शीर्ष स्थानको बार्सिलोनाको सामान खेलबाट ५८ अंक छ । पराजित भ्यालेन्सिया २३ अंकका साथ १७ औँ स्थानमा छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij