Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । नबिल इन्भेस्टमेन्टले १५ औ वर्षको उत्कृष्ट सेवा प्रदान गर्दै आज १६औँ वर्षमा प्रवेश गरेका छ ।
यस अवसरमासंस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत नक्साल, नारयणचौरको प्रांगणमा रक्तदान कार्यक्रम संचालन गरिरहेको छ । २०६६ साल माघमा स्थापना भएको नबिल इन्भेस्टमेन्टले नेपालकोपूँजी बजार तथा लगानी व्यवस्थापन क्षेत्रमा निरन्तर योगदान दिँदै आएको छ ।
स्थापनादेखि हालसम्म नाबिल इन्भेस्टमेन्ट बैंकिङ्ग लिमिटेडले व्यावसायिकता, सुशासन, पारदर्शिता र ग्राहक–केन्द्रित सेवाका माध्यमबाट संस्थागत विश्वास निर्माण गर्न सफल भएको छ । बदलिँदो वित्तीय परिवेशमा आफूलाई निरन्तर परिमार्जन गर्दै संस्थाले दीर्घकालीन योगदान सिर्जना गर्ने लक्ष्यका साथ विभिन्न लगानी तथा परामर्श सेवाहरू प्रदान गर्दै आएको छ ।
नबिल इन्भेष्टमेन्टलेमर्चेन्ट बैंकिङ्ग अन्तर्गत निष्काशन तथा बिक्री प्रबन्धन सेवा, डिपी सेवा, शेयर रजिष्ट्रार सेवा, शेयर प्रत्याभूति सेवा लगाएतका सेवाहरु प्रदान गर्दै आइरहेका छ भने ईन्भेष्टमेण्ट बैंकिङ्ग अन्तर्गत लगानी व्यवस्थापन सेवा, सामूहिक लगानी कोष अन्तर्गतका सेवा र संस्थागत परामर्श सेवा जस्ता उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेका छ।
त्यस्तै, यस संस्थाका ग्राहकहरुका लागि संस्थागत परामर्श सेवा(कर्पोरेट सल्लाहकार सेवाहरू)अन्तर्गत संगठित संस्थाको संरचना हेरफेर (पुनर्संरचना ), मुल्याङ्कन (मूल्याङ्कन), व्यवसायिक योजना (मूल्याङ्कन), लोन सिन्डिकेशन(ऋण सिन्डिकेशन), सम्पत्ति व्यवस्थापन (सम्पत्ति व्यवस्थापन), मर्जर तथा एक्युजिसन (मर्जर र प्राप्ति) तथा लगानी सम्बन्धि परामर्श (लगानी परामर्श सेवाहरू) सम्बन्धि सेवाहरु समेत प्रदान गर्दै आइरहेका छौ । त्यस्तै निकट भविष्यमा विशिष्टिकृत लगानी कोष अन्तर्गत प्राईभेट ईक्विटी फण्ड संचालनको तयारीमा रहेका छौ ।
१५औं वर्षको यस उपलब्धिलाई संस्थागत गौरवको रूपमा मनाउँदै, नाबिल इन्भेस्टमेन्ट बैंकिङ्ग लिमिटेडले आगामी दिनहरूमा पनि नवीनतम सोच, सुदृढ जोखिम व्यवस्थापन, प्रबिधीमैत्री र दिगो लगानी अभ्यास मार्फत नेपाली पूँजी बजारको विकासमा थप योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गर्दछ । साथै हामीलाई सेवा गर्ने मौका प्रदान गर्नु हुने समस्त ग्राहक महानुभावहरु, नियामक निकायहरु, समग्र मिडियाकर्मीहरु, संस्थापक कम्पनीहरु तथा हाम्रा शुभचिन्तकहरु प्रति नबिल इन्भेस्टमेन्ट बैंकिङ्ग लिमिटेडले धन्यवाद दिएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij