Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

बैतडी बस दुर्घटना : मृतक परिवारलाई १/१ लाख दिने सुदूरपश्चिम सरकारको निर्णय

बैतडी बस दुर्घटना : मृतक परिवारलाई १/१ लाख दिने सुदूरपश्चिम सरकारको निर्णय

  • काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले बैतडीमा भएको बस दुर्घटनामा ज्यान गुमाएका मृतकका परिवारलाई जनही एक लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    शुक्रवार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले बस दुर्घटनामा ज्यान गुमाएका मृतकका परिवारलाई रकम प्रदान गर्ने निर्णय गरेको हो । साथै, दुर्घटनामा घाइते भएकाहरूको सरकारी अस्पतालमा भर्ना भएको अवधिभरको औषधि तथा उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने निर्णय पनि गरिएको छ।

    AGNI GROUP

    बैतडीको पुर्चौडी नगरपालिका-७ भौनीबाट बेहुली लिएर बझाङतर्फ फर्किँदै गरेको सु. प्र. ०२-००१ ख १११९ नम्बरको बस बिहीबार साँझ करिब साढे ७ बजे बडगाउँमा दुर्घटनामा परेको थियो । दुर्घटनामा १३ जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन् ।

    घाइतेमध्ये २५ जनाको डडेल्धुरा अस्पताल, पाँच जनाको धनगढीस्थित निसर्ग अस्पताल र चार जनाको देउलेक स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

    आवश्यक परेमा थप उपचारका लागि काठमाडौँसम्म लैजान हेलिकप्टर व्यवस्थापनको तयारी अवस्थामा रहेको प्रदेश सरकारले जनाएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट