Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

भ्रामक विज्ञापन प्रकाशन, प्रसारण नगर्न विज्ञापन बोर्डको आग्रह

भ्रामक विज्ञापन प्रकाशन, प्रसारण नगर्न विज्ञापन बोर्डको आग्रह

  • काठमाडौं । विज्ञापन बोर्डले प्रतिनिधिसभा निर्वाचनको प्रचार–प्रसारका क्रममा उम्मेदवार तथा राजनीतिक दलहरूलाई भ्रामक, भ्रम फैलाउने वा होच्याउने खालका विज्ञापन सामग्री प्रकाशन तथा प्रसारण नगर्न अनुरोध गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    बोर्डले एक विज्ञप्ति जारी गर्दे सामाजिक सञ्जालसहित विभिन्न माध्यममार्फत राजनीतिक दल, उम्मेदवार, नेता वा कार्यकर्तालाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा बदनाम गर्ने सामग्री प्रसारण भइरहेको भन्दै यस्ता गुनासाहरू बोर्डसम्म आइरहेको उल्लेख गरिएको छ ।

    AGNI GROUP

    निर्वाचन अवधिमा प्रसारण हुने विज्ञापनलाई व्यवस्थित बनाउन निर्वाचन आयोग र विज्ञापन बोर्डबिच अनुगमन, नियमन, छानबिन तथा कारबाहीसम्बन्धी सहकार्य भएको जानकारी दिँदै बोर्डले हाल सक्रिय रूपमा विज्ञापनको निगरानी गरिरहेको जनाएको छ ।

    विज्ञप्तिमा मतदातालाई भ्रममा पार्ने, अपमानजनक वा भ्रामक श्रव्य तथा दृश्य सामग्री प्रयोग गरी प्रभाव पार्ने प्रयासहरूलाई बोर्डले सूक्ष्म रूपमा अध्ययन गरिरहेको उल्लेख छ । यस्ता सामग्रीले स्वच्छ र निष्पक्ष निर्वाचन प्रक्रियामा नकारात्मक असर पार्ने बोर्डको ठहर छ ।

    विज्ञापन (नियमन गर्ने) ऐन, २०७६, सम्बन्धित नियमावली, निर्वाचन आचारसंहिता, २०८२ तथा विज्ञापन उत्पादन, वितरण, प्रकाशन र प्रसारणसम्बन्धी आचारसंहिता, २०७९ विपरीतका गतिविधि फेला परेमा कानुनअनुसार कारबाही गरिने चेतावनी बोर्डले दिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट