Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

समानुपातिक मतपत्र जिल्ला–जिल्ला पठाइँदै

समानुपातिक मतपत्र जिल्ला–जिल्ला पठाइँदै

  • काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावको तयारी तीव्र पारेको छ । आयोगले मतपत्र छपाइ, कर्मचारी खटनपटनलगायतका कामहरू तीव्र गतिमा भइरहेको जनाएको छ । 

    onlinepatrika
    Arghakhachi

    आयोगका अनुसार बिहीबारसम्म समानुपातिकतर्फको सम्पूर्ण मतपत्र (२ करोड ८ लाख ३० हजार) छपाइ सम्पन्न भएको छ । ती मतपत्र निर्वाचन क्षेत्रमा पठाउनका लागि प्याकिङसमेत भइसकेको आयोगले जनाएको छ । आयोगले भनेको छ, ‘पुस २६ गतेबाट समानुपातिक मतपत्र छपाइ सुरु गरी माघ १३ गतेसम्म आवश्यक पर्ने जम्मा मतपत्र छपाइ सम्पन्न गरी प्याकिङ तथा रजु समेट्न तयारी अवस्थामा राखिएको छ ।’

    AGNI GROUP

    यस्तै आयोगले प्रत्यक्षतर्फ मतपत्र छपाइ जारी रहेको जनाएको छ । बिहीबारसम्म विभिन्न २५ जिल्लाका ६० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकिएको आयोगले जनाएको छ । आयोगका अनुसार डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम भाग), सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेलधुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, सुनसरी गरी जम्मा २५ जिल्लाको छपाइ तथा प्याकिङ सम्पन्न भइसकेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट