Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । न्याय परिषदले १० जिल्ला जना न्यायाधीशहरूको सरुवा गरेको छ ।
बुधबार बसेको न्याय परिषदको बैठकले काठमाडौं, बारा, मोरङ, रुपन्देही, दाङ, रौतहट, कैलाली र धनुषाका न्यायाधीहरूको सरुवा गरेको हो ।
परिषदले बाराका न्यायाधिश भोलानाथ ढकाललाई न्याय परिषदमा, काठमाडौँका न्यायाधीश प्रकाश कुमार अधिकारीलाई बारा अदालतमा, काठमाडौँका न्यायाधीश मदन बहादुर धामीलाई न्याय परिषदमा, मोरङक न्यायाधीश बाबुराम सुवेदीलाई बारा अदालतमा, काठमाडौँका न्यायाधीश ढाकाराम पौडेललाई ललितपुर अदालतमा, रौतहटका न्यायाधीश बिमला रेग्मीलाई काठमाडौँ अदालतमा ।
रुपन्देहीका न्यायाधीश नारायण सापकोटालाई काठमाडौँ अदालतमा, दाङकी न्यायाधीश प्रतिमा कुमारी पोखरेललाई काठमाडौँ अदालतमा, कैलालीका न्यायाधीश हरिसिद्धि धामीलाई रौतहट अदालतमा र धनुषाका न्यायाधीश अनुपमा पन्तलाई न्याय परिषदमा सरुवा गरेको छ ।
त्यस्तै, परिषदले २० जिल्ला न्यायाधीशहरूको पदस्थापन पनि भएको प्रवक्ता रामप्रसाद भट्टराईले जानकारी दिएका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij