Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

जय ट्रफीको खेल तालिका सार्बजनिक

जय ट्रफीको खेल तालिका सार्बजनिक

  • काठमाडौं । नेपाल क्रिकेट संह (क्यान) ले दुई दिवसीय प्रतियोगिता जय ट्रफीको खेल तालिका सार्बजनिक गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    गत बर्षको प्रधानमन्त्री कपको शीर्ष ४ टोलीले प्रतिस्पर्धा गर्ने जय ट्रफी फागुन ८ देखि १९ सम्म काठमाडौंको टियू र मुलपानी मैदानमा आयोजना गर्ने क्यानले जानकारी दिएको छ ।

    AGNI GROUP

    तीन विभागीयसँगै स्थानीय बागमती प्रदेश यसपटक प्रतियोगितामा छनोट भएका छन् । जसमा विभागीय टिम त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब र बागमती प्रदेश खेल्दैछन् ।

    प्रतियोगिता अन्तर्गत फागुन ८ र ९ मा टियु क्रिकेट मैदानमा आर्मी र पुलिस क्लब खेल्ने छन् भने मुलपानी मैदानमा एपीएफ र बागमती खेल्ने छन् । त्यसैगरी फागुन ११ र १२ मा टियु क्रिकेट मैदानमा एपीएफ र नेपाल पुलिस क्लब खेल्ने छन् भने सोहि दिन मुलपानी मैदानमा बागमती र आर्मी खेल्ने तालिका छन् । त्यसैगरी फागुन १४ र १५ मा पुलिस क्लब र बागमती प्रदेश टियु मैदानमा तथा आर्मी र एपीएफ मुलपानी मैदानमा खेल्ने तालिका रहेको छ ।

    यी खेलपछि शिर्ष दुई स्थानमा रहेने टिमबीच फाइनल खेल फागुन १७, १८ र १९ मा हुने क्यानले जनाएको छ । फाइनल खेल टियु क्रिकेट मैदानमा हुने छ भने सबै खेल बिहान साढे ९ बजे देखि शुरु हुने क्यानले जनाएको छ ।

    गत सिजनको जय ट्रफी नेपाल पुलिस क्लबले जितेको थियो । पुलिस क्लबले फाइनलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट