Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सुपरमाई हाईड्रोपावरको लाभांश घोषणा

सुपरमाई हाईड्रोपावरको लाभांश घोषणा

  • काठमाडौं । सुपरमाई हाईड्रोपावर कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको माघ २० गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांश घोषणा गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    बैठकले आर्थिक वर्ष २०८१/८२ को खुद मुनाफाबाट सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ५९ लाख २७ हजार ९७७.८४ रुपैयाँ नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ । यस्तै बैठकले शतप्रतिशत हकप्रद समेत जारी गर्ने निर्णय गरेको छ ।

    AGNI GROUP

    प्रस्तावित लाभांश नियमनकारी निकाय विद्युत नियमन आयोगबाट स्वीकृत भएपछि र आर्थिक वर्ष २०८१/८२ का लागि बस्ने कम्पनीको आगामी ११औं वार्षिक साधारण सभाबाट अनुमोदन भए पश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछ । हाल कम्पनीको चुक्तापूँजी ५३ करोड ५० लाख रुपैयाँ रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट