Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

साफ यू–२० च्याम्पियनसिपको खेल तालिका सार्बजनिक

साफ यू–२० च्याम्पियनसिपको खेल तालिका सार्बजनिक

  • काठमाडौं । आगामी मार्च २३ देखि अप्रिल ३ सम्म माल्दिभ्समा हुने साफ यू–२० फुटबल च्याम्पियनसिपको खेल तालिका सार्बजनिक भएको छ ।

    onlinepatrika
    Arghakhachi

    नेपालसहित ७ देशले भाग लिने यस प्रतियोगिताको समुह ए मा माल्दिभ्स, नेपाल, भुटान र श्रीलंका रहेको छ भने समुह बी मा बंगलादेश, भारत र पाकिस्तान रहेका छन् ।

    AGNI GROUP

    प्रतियोगिताको पहिलो खेल मार्च २३ मा नेपाल र भुटान तथा माल्दिभ्स र श्रीलंकाबीच हुने छ । त्यस्तै मार्च २४ मा पाकिस्तान र बंगलादेश खेल्ने छन् भने मार्च २५ मा श्रीलंका र नेपाल तथा भुटान र माल्दिभ्स खेल्ने छन् । त्यसैगरी मार्च २६ मा भारत र पाकिस्तान खेल्ने छन् । त्यस्तै मार्च २७ मा माल्दिभ्स र नेपाल तथा भुटान र श्रीलंका खेल्ने छन् भने मार्च २८ मा बंगलादेश र भारत खेल्ने तालिका छन् ।

    त्यसपछि दुवै समुहका शिर्ष दुई देश सेमिफाइनलमा पुग्ने छन् । सेमिफाइनलका खेल अप्रिल १ र फाइनल खेल अप्रिल ३ मा हुने छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट