Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

विवादका बीच श्रीलंका पुग्यो विश्वकप खेल्ने पाकिस्तानी टिम

विवादका बीच श्रीलंका पुग्यो विश्वकप खेल्ने पाकिस्तानी टिम

  • काठमाडौं । पाकिस्तान आइसीसी टी–२० विश्वकप २०२६ खेल्न श्रीलंका पुगेको छ । विश्वकपमा फेब्रुअरी १५ मा हुने भारतविरुद्ध नखेल्ने निर्णय गरेको पाकिस्तानको टिम श्रीलंका पुगेको हो ।

    onlinepatrika
    Arghakhachi

    पाकिस्तानले बंगलादेशलाई विश्वकपबाट बाहिर गरेकोप्रति विरोध गर्दै भारतविरुद्धको फेब्रुअरी १५ को खेल नखेल्ने निर्णय गरेको छ । यस विषयमा आइसीसीले कस्तो निर्णय लिन्छ भन्ने स्पष्ट भएको छैन । तर आइसीसीले विश्वकपका खेल खेल्न अनिवार्य रहेको चेतावनी दिइसकेको छ ।

    AGNI GROUP

    पाकिस्तान क्रिकेट बोर्डले सलमान अली अघाको कप्तानीमा १५ सदस्यीय विश्वकप खेल्ने टिमको घोषणा गरेको छ ।

    टी–२० विश्वकपका लागि १५ सदस्यीय टोलीस् सलमान अली अघा (कप्तान), अबरार अहमद, बाबर आजम, फहीम अशरफ, फखर जमान, ख्वाजा मोहम्मद नाफे (विकेटकिपर), मोहम्मद नवाज, मोहम्मद सलमान मिर्जा, नसीम शाह, साहिबजादा फरहान (विकेटकिपर), सैम अयुब, शाहीन शाह अफ्रिदी, शडाब खान, उस्मान खान (विकेटकीपर) र उस्मान तारिक ।

    आइसीसी पुरुष टी–२० विश्वकप फेब्रुअरी ७ देखि सुरु हुँदैछ । प्रतियोगितामा नेपालसहित कुल २० देशले सहभागिता जनाउँदैछन् । विश्वकपको समूह ‘ए’ मा आयोजक राष्ट्र भारत, पाकिस्तान, संयुक्त राज्य अमेरिका, नेदरल्यान्ड्स र नामिबिया छन् । त्यस्तै समूह ‘बी’ मा आयोजक राष्ट्र श्रीलंका, अस्ट्रेलिया, आइरल्यान्ड, जिम्बाब्वे र ओमान रहेका छन् । टी–२० विश्वकप खेल्ने समूह ‘सी’ मा नेपाल, वेस्ट इन्डिज, स्कटल्याण्ड, इटाली र इङल्याण्ड रहेका छन् । समूह ‘डी’ मा भने न्युजिल्यान्ड, दक्षिण अफ्रिका, अफगानिस्तान, क्यानडा र युएई रहेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट