Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

काठमाडौं महानगरमा परिवर्तनको संकेत

काठमाडौं महानगरमा परिवर्तनको संकेत

  • काठमाडौं । काठमाडौं महानगरपालिकाको कमलादीस्थित केन्द्रीय कार्यालयमा रहेको ‘भीआईपी लिफ्ट’ अब सर्वसाधारणले पनि प्रयोग गर्न पाउने भएका छन् । लिफ्टमा राखिएको पासवर्ड हटाइएपछि सेवाग्राहीहरूका लागि प्रयोग खुला गरिएको हो ।

    onlinepatrika
    Arghakhachi

    कार्यवाहक मेयर सुनीता डंगोलको निर्देशनमा लिफ्ट खुला गरिएको महानगरपालिकाका सहायक प्रवक्ता ध्रुवकुमार काफ्लेले जानकारी दिए । उनकाअनुसार गत माघ ६ गते नै लिफ्टको पासवर्ड हटाइएको हो । यसअघि मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतबाहेक अन्यलाई लिफ्ट प्रयोग गर्न अनुमति थिएन ।

    AGNI GROUP

    यसअघि मेयर बालेन्द्र साहले माघ ४ गते पदबाट राजीनामा दिएर निर्वाचनमा उम्मेदवार बनेपछि कार्यवाहक मेयरको जिम्मेवारी सुनीता डंगोलले सम्हालेकी थिइन् ।

    कमलादीस्थित महानगरको कार्यालय भवनमा हाल तीनवटा लिफ्ट सञ्चालनमा छन् । तीमध्ये ‘भीआईपी लिफ्ट’ भने २०८१ साल साउन महिनामा निर्माण सम्पन्न भएको थियो । सुरुमा उक्त लिफ्टमा सर्वसाधारणको पहुँच नदिइँदा आलोचना पनि हुँदै आएको थियो ।

    महानगरपालिकाका अनुसार कार्यालय परिसरमा दुईवटा भवन छन्, जसलाई भौतिक रूपमा एउटै संरचनामा जोडिएको छ । भवनको एक भागमा मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत, वातावरण विभागलगायतका कार्यकक्ष रहेका छन् भने अर्को भागमा विभिन्न विभाग, शाखा र महाशाखाका कार्यालयहरू सञ्चालनमा छन् । मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष रहेको भवन छ तले रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट