Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

झापाको सुकम्बासी बस्ति पुगेर बालेनले भने– यहाँ डोजर चलाउदिन

झापाको सुकम्बासी बस्ति पुगेर बालेनले भने– यहाँ डोजर चलाउदिन

  • झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले झापामा पुन चुनावी अभियान शुरु गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    मंगलबार बिहानैदेखि विभिन्न झापा–५ का विभिन्न स्थानमा पुगेर बालेनले सामुहिक छलफल शुरु गरेका हुन् । छलफलमा बालेनले स्थानीय समस्या बुझ्ने प्रयास गरिरहेको र छलफलमा राखिएका कुरा ध्यानपूर्वक सुनेको स्थानीयले बताएका छन् ।

    AGNI GROUP

    यसैबीच बालेन झापा–५ को कमला गाउँपालिकाका सुकम्बसी बस्तिमा पुगेर छलफल गरेका छन् । उनले काठमाडौँमा बाढीबाट बचाउन हटाउन खोजेको भन्दै हटाउन त्यसलाई गलत प्रचार गरिएको बताए । बालेनले झापाको अवस्था फरक रहेको, यहाँ असली सुकम्बासी भएकोले डोजर नचलाउने र आफुहरुले समस्या समाधान गर्ने बताए ।

    बालेन आफ्नो निर्वाचन क्षेत्रका साथै कोशी प्रदेशका अन्य जिल्लामा पनि चुनावी अभियानमा सहभागी हुने रास्वपाले जनाएको छ। यसअघि सुदूरपश्चिम र कर्णाली पुगेका बालेन सोमबार मात्र झापा आएका हुन् ।

    झापा–५ मा बालेनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिष्पर्धा गरिरहेकाले यस क्षेत्रमा देशभरको चासो रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट