Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

फुलह्याममाथि म्यानचेस्टर युनाइटेडको रोमाञ्चक जित

फुलह्याममाथि म्यानचेस्टर युनाइटेडको रोमाञ्चक जित

  • काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले फुलह्याममाथि रोमाञ्चक जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले फुलह्यामलाई ३(२ गोल अन्तरले पराजित गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    म्यानचेस्टर युनाइटेडको जितमा खेलको ९० मिनेटपछिको इन्जुरी समयमा बेन्जामिन सेस्कोले निर्णायक गोल गरेका थिए । त्यस अघि क्यासेमिरो र माथेउस चुन्हाले एक एक गोल गरेका थिए । त्यस्तै फुलह्यामका लागि केभिनले ९० मिनेटपछिको इन्जुरी समयमा सनसनीपूर्ण गोल गर्दै बराबरी गरेपनि सेसकोले म्यानचेस्टर युनाइटेडको उद्धार गरेका थिए । त्यस्तै फुलह्यामका लागि पहिलो गोल राउल जिमेनेजले गरेका थिए ।

    AGNI GROUP

    यो जितपछि म्यानचेस्टर युनाईटेडको २४ खेलमा ४१ अंक भएको छ र लिगमा चौथो स्थानमा रहेको छ । त्यस्तै फुलह्यामको भने २४ खेलमा ३४ अंकसहित आठौँ स्थानमा रहेको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट