Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका नेता(कार्यकर्ताले काठमाडौं क्षेत्र नम्बर ४ अन्तर्गत पर्ने धोबीखोला सरसफाइ अभियान सञ्चालन गरेका छ्न् ।
अभियानमा पार्टीका नेता तथा काठमाडौं (४ का उम्मेदवार डा। वरुण अमात्यसँगै स्थानीय जुटेका थिए । नेतृत्वको निर्देशनअनुसार सरसफाइ अभियान चलाइएको अमात्यले बताए । अभियानमा संलग्न समूहलाई ‘श्रम सेना’ नाम दिइएको छ।
काठमाडौं क्षेत्र नम्बर ४ का बासिन्दाले सुरु गरेको सरसफाइ अभियानमा आफूहरू जोडिएको बताउँदै उनले हरेक शनिबार नियमित रूपमा सरसफाइ हुँदै आएको जानकारी दिए । यो अभियान कुनै राजनीतिक उद्देश्यका लागि नभई विशुद्ध समाजका लागि गरिएको र निरन्तर चलिरहने उनको जिकिर छ ।
पार्टी अध्यक्ष साम्पाङलाई आगामी दिनमा अभियानमा जोड्ने प्रयास भइरहेको अमात्यले सुनाए ।




© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij