Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

जेष्ठ नागरिकलाई घरमै आधारभूत स्वास्थ्य सेवा

जेष्ठ नागरिकलाई घरमै आधारभूत स्वास्थ्य सेवा

  • काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आजबाट ७० वर्षमाथिका जेष्ठ नागरिकहरुको लागि घरमै पुगेर आधारभूत स्वास्थ्य सेवा तथा परीक्षण सुरू गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    कार्यवाहक मेयर सुनिता डंगोलले जेष्ठ नागरिकका लागि स्वस्थ्य सेवा अस्पतालमा सीमित नरहने बताएकी छन् । डंगोलका अनुसार आजबाट जटिल विरामीलाई अस्पतालसम्म लैजाने काम समेत महानगरले सहजीकरण गर्नेछ ।

    AGNI GROUP

    डंगोलले वक्तव्य जारी गर्दै भनेकी छन्, ‘अब स्वास्थ्य सेवा अस्पतालमै सीमित रहने छैन । ७० वर्षभन्दा माथिका अभिभावकहरूका लागि घरमै आधारभूत स्वास्थ्य सेवा काठमाडौँ महानगरपालिकाले आजबाट शुरु गर्दैछ । स्वास्थ्य सर्वेक्षणदेखि स्वास्थ्य प्रवद्र्धनसम्मको सहजीकरण, नियमित परीक्षण, आवश्यक औषधि, परामर्शदेखि जटिल अवस्थामा अस्पतालसम्मको सहजीकरण—सबै सेवा घरदैलोमै ।’

    असक्त हुँदा महानगरपालिकाको सेवा, जेष्ठ नागरिकलाई घरमै आधारभूत स्वास्थ्य सेवा भन्ने नाराका साथ यो अभियान थालिएको उनको भनाइ छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट