Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । ह्युगो एकिटिकेको उत्कृष्ट प्रदर्शनमा लिभरपुलले इङ्लिस प्रिमियर लिगमा शनिबार न्युक्यासल युनाइटेडविरुद्ध ४–१ को पुनरागमन जित दर्ता गरेको छ ।
एनफिल्डमा घरेलु टोली लिभरपुलका लागि एकिटिकेले २ तथा फ्लोरियन विर्ट्ज र इब्राहिम कोनाले १–१ गोल गरे । न्युक्यासलका लागि एन्टोनी गोर्डनले गोल गरे ।
खेलको ३६ औँ मिनेटमा गोर्डनको गोलमार्फत न्युक्यासलले अग्रता लिएको थियो । ४१ औँ मिनेटमा एकिटिकेले लिभरपुललाई बराबरीमा ल्याए । २ मिनेटपछि उनैले व्यक्तिगत तथा टोलीका लागि दोस्रो गोल गरे ।
विर्ट्जले ६७ औँ मिनेटमा गोल गर्दा लिभरपुलको अग्रता ३–१ मा पुग्यो । इन्जुरी समयमा कोनाले गोल गर्दा लिभरपुलले ४–१ को जित दर्ता गर्यो ।
जितसँगै २४ खेलमा ३९ अंक जोडेको लिभरपुल पाँचौं स्थानमा उक्लिएको छ । पराजित न्युक्यासल समान खेलबाट ३३ अंकका साथ १० औँ स्थानमा छ ।
शनिबारै सम्पन्न अन्य खेलमा बर्नमाउथले उल्भरह्याम्पटनलाई २–०, चेल्सीले वेस्ट हम युनाइटेडलाई ३– २ र आर्सनलले लिड्स युनाइटेडलाई ४–० ले पराजित गरे । यसैगरी ब्राइटन र एभरटन १–१ को बराबरीमा रोकिए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij