Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

एनआरएनएको विधानअनुसार नै निर्वाचन सम्पन्न गर्न परराष्ट्र मन्त्रालयको निर्देशन

एनआरएनएको विधानअनुसार नै निर्वाचन सम्पन्न गर्न परराष्ट्र मन्त्रालयको निर्देशन

  • काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी मार्च महिना दोस्रो साता हुने निर्वाचन संस्थाको विधानअनुसार नै सम्पन्न गर्न परराष्ट्र मन्त्रालयले निर्देशन दिएको छ ।

    onlinepatrika
    Arghakhachi

    एनआरएनएको निर्वाचन मोडालिटीबारे छलफल गर्न परराष्ट्र मन्त्रालयमा आयोजित कार्यक्रममा परराष्ट्र मन्त्री बालानन्द शर्माले विधानमै स्पष्ट लेखिएकोले सोही अनुसार निर्वाचनमा जानुपर्ने बताएका हुन् ।

    AGNI GROUP

    उनले भने– ’यदि हामीले कुनै पनि काम गर्ने हो भने, त्यसलाई नियम र प्रक्रियाभित्र बसेर गर्नुपर्छ। हामी फुटबल खेल्छौँ भने फुटबलको नियम मान्नुपर्छ, भलिबल खेल्ने हो भने भलिबलको नियम मान्नुपर्छ। अब हामी एनआरएन चलाइरहेका छौँ भने यसको विधान र प्रक्रिया मान्नैपर्छ। मान्न सकिँदैन भने आलोचना गर्नुपर्छ, तर आलोचना पनि विधि र मर्यादाभित्र हुनुपर्छ । यही सामान्य बुझाइ हो ।’

    उनले अगाडी भने– ’अनलाइन मतदान किन गरियो? प्रत्यक्ष सहभागिता किन आवश्यक भयो ? भन्ने विषय विधान बनाउने बेलामै स्पष्ट गरिएको रहेछ। अब एकताको खोजीमा विभाजन भयो भने त्यसलाई पनि नियमभित्रै समाधान गर्नुपर्छ । अब तपाईँहरूको विधानमै महाधिवेशन तथा साधारण सभा अनलाइन अथवा भौतिक रूपमा उपस्थित भई गर्न सकिनेछ, भौतिक रूपमा उपस्थित हुन नसक्ने प्रतिनिधिहरूको लागि अनलाइनमार्फत साधारण सभामा भाग लिन र निर्वाचनमा मतदानको व्यवस्था गर्नुपर्नेछ भनेर स्पष्ट उल्लेख गरिएको रहेछ। त्यसैले अहिलेको लागि त्यो नियम भनेको त्यही हो, जसअनुसार सम्माननीय प्रधानमन्त्रीज्यूको अध्यक्षतामा १० बुँदे सहमति गरिएको छ र सहमतिमा त्यही विधान अनुसार गर्ने भनिएको छ। यसर्थ, परराष्ट्र मन्त्रालयको भूमिका भनेको सहजीकरण गर्नु मात्र हो, र त्यो काम मन्त्रालयले गरिरहेको छ ।

    मन्त्री शर्माले आफू व्यक्तिगत रूपमा भौतिक उपस्थितिमै निर्वाचन होस् भन्ने चाहना राखे पनि विदेशमा रहेका नेपालीलाई निर्वाचन प्रक्रियामा सहभागी गराउनुपर्ने वैधानिक व्यवस्था रहेकाले सोही अनुसार गर्नुपर्ने उल्लेख गर्नुभयो। लोकतान्त्रिक प्रक्रिया नमान्नु भनेको आफ्नै असफलता प्रदर्शन गर्नु सरह हुने उनको भनाइ थियो ।

    मन्त्री शर्माले एनआरएनएको १२औँ महाधिवेशन सफल बनाउन सरकारको तर्फबाट आवश्यक सहजीकरण र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट