Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । अमेरिकी क्रिकेट खेलाडी आरोन जोन्स क्रिकेट वेस्ट इन्डिज र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का एन्टी–करप्सन नियम उल्लंघन गरेको आरोपमा निलम्बनमा परेका छन् ।
जोन्समाथि एन्टी–करप्सन सम्बन्धी पाँच वटा अभियोग लगाइएको छ । मुख्य आरोप २०२३र२४ सिजनको बीआईएम १० प्रतियोगितासँग सम्बन्धित छन्, जुन वेस्ट इन्डिज क्रिकेटको अधिकार क्षेत्रमा पर्छ । थप दुई आरोप भने अन्तर्राष्ट्रिय खेलसँग सम्बन्धित छन्, जुन आईसीसीकै एन्टी–करप्सन कोड अन्तर्गत पर्छन् ।
जोन्समाथि खेल फिक्सिङ गर्ने प्रयास, फिक्सिङका लागि आएको प्रस्तावबारे जानकारी नदिने, अनुसन्धानमा सहयोग नगर्ने, र प्रमाण लुकाउनेरनष्ट गर्ने जस्ता गम्भीर आरोप छन् ।
आईसीसीका अनुसार जोन्सलाई तत्काल प्रभाव रहने गरी सबै प्रकारका क्रिकेट गतिविधिबाट अस्थायी रूपमा निलम्बन गरिएको छ ।
आईसीसीले जारी गरेको विज्ञप्तिमा यो अनुसन्धान अझै जारी रहेको र यस विषयमा अन्य व्यक्तिमाथि पनि आरोप लाग्न सक्ने उल्लेख गरिएको छ ।
यो प्रकरणलाई अन्तर्राष्ट्रिय क्रिकेटमा ठूलो भ्रष्टाचार अनुसन्धानको रूपमा हेरिएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij