Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

महावीर पुनलाई ब्राण्ड एम्बासडरबाट निष्काशन गर्ने नेपाल बैंकको तयारी

महावीर पुनलाई ब्राण्ड एम्बासडरबाट निष्काशन गर्ने नेपाल बैंकको तयारी

  • काठमाडौं । नेपाल बैंकले आफ्ना ब्राण्ड एम्बासडर महावीर पुनलाई शर्तविपरित काम गरेको भन्दै ब्राण्ड एम्बासडरबाट हटाउने तयारी गरेको छ । 

    onlinepatrika
    Arghakhachi

    नेपाल बैंकको ब्राण्ड एम्बासडर भएर अरु प्रतिस्पर्धी बैंकहरुको खाता खोलेको भन्दै नेपालले बैंकले यो दुई पक्षीय करारनामाविपरितको कार्य भएको बताएको छ । 

    AGNI GROUP

    बैंकका एक कर्मचारीले भने–

    उहाँ सूचना प्रविधिको विकास गर्नुपर्छ भनेर लागेको अभियान्ता, त्यो अभियानमा सहयोग पनि पुगोस भनेर ब्राण्ड एम्बासडर नियुक्त गरेको हो । अहिले राजनीतिमा पनि सक्रिय हुनुभयो । त्यो भन्दा पनि चुनावी अभियानमा हाम्रो एम्बासडरले अर्को बैंकको खाता खोलेको भनेर सार्वजनिकरुपमा प्रचारप्रसार नै गरेपछि हामीलाई अप्ठ्यारो भएको छ ।’ 

    बैंककी प्रवक्ता प्रतिभा डंगोलले ब्राण्ड एम्बासडरबाट निष्काशनको तयारीबारे आफूलाई पनि जानकारी नआइसकेको बताइन् । उनले नेपाल बैंकको ब्राण्ड एम्बासडर भए पनि अर्को बैंकमा कारोबार गर्न नपाउने भन्ने हुँदैन भन्दै तर अर्को बैंकको खाता खोलेर प्रचार गर्ने कुराप्रति भने आफूले प्रतिक्रिया नदिने बताइन् । 

    बैंकका सीईओ तिलक पाण्डेले पनि यस विषयमा बोल्न चाहेनन् । सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षामन्त्री रहेका महावीर पुनले राजीनामा दिएर अहिले म्याग्दीबाट प्रतिनिधिसभाको उम्मेदवार बनेका छन् । उनले चुनाव खर्चको लागि सहयोग जुटाउन भन्दै राष्ट्रिय बाणिज्य बैंकको खाता खोलेको प्रमाण सामाजिक सञ्जालमा राखेपछि नेपाल बैंकले असन्तुष्टि जनाएको हो । पुनलाई राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन गरेको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट